जादूमय अभिनयले बजारमा सर्वाधिक रुचाइएकी मोडल अनिता गिरी

जादूमय अभिनयले बजारमा सर्वाधिक रुचाइएकी मोडल अनिता गिरी


पछिल्लो समय बजारमा सर्वाधिक रुचाइएकी मोडल हुन्, अनिता गिरी । ७ वर्षदेखि मोडलिङ तथा अभिनयमा सक्रिय अनिता उमेरले भर्खरै २१ मा छिन् । खोटाङको सिम्पानीमा जन्मिएकी मोडल अनिताले सानै उमेरमा एक दर्जनभन्दा बढी म्युजिक भिडियोहरुमा अभिनय गरेर विभिन्न पुरस्कारहरु जित्न सफल भएकी छिन् ।

आफ्नो जादूमय अभिनयले दर्शक मात्रै नभएर नेपाली चलचित्रकर्मीहरुलाई समेत प्रभावित बनाउन सफल मोडल गिरी अब ठूलो पर्दामा डेब्यू गरी आफ्नो अभिनयको जादू छर्ने भएकी छिन् । छायांकन पुरा भैसकेको ‘द आउट ल’ बाट चलचित्र क्षेत्रमा  डेब्यू गर्दै गरेक अनिता हालै  मात्र अर्को चलचित्र ‘नम्बरी सुन’ मा समेत अनुबन्धित भैसकेकी छिन् । अनिता भन्छिन्– ‘अहिले अभिनयका लागि धेरै प्रस्ताव आएका छन्, त्यसमै व्यस्त छु ।’ 

सानैदेखि अभिनय र नृत्य भनेपछि हुरुक्क हुने उनले पहिलो भिडियो ‘बैगुनीले गएको थियो छोडेर’ गीतमा अभिनय गरेकी थिइन्। त्यसपछि ‘सजाएँ तिम्रो माया’, ‘लगन जु-यो घरबार हुनलाई’, ‘तिम्रो साथ’, ‘केयर गर्दैनौ’, ‘तिमीलाई भुल्न’ जस्ता गीतका भिडियोमा उनले कुशल अभिनय गरिसकेकी छन् ।

Logo