1
1
1
1
1

हट एण्ड बोल्ड मोडल अञ्जली अधिकारी

1
1
1
1
1
1

समयसमयमा चर्चामा आइरहने मोडल हुन्, अञ्जली अधिकारी । कहिले ट्रोलको शिकार त कहिले उनको सामाजिक सञ्जालमा छाएका हट एण्ड बोल्ड तस्विरले उनी चर्चामै रहन्छिन् । केही वर्षअघि रिलिज भएको गीत ‘बोल माया’बाट हिट भएकी अञ्जली पछिल्लोसमय निकै व्यस्त हुने मोडलमा पनि गनिन्छिन् । हिट म्युजिक भिडियो दिइरहेकी उनलाई फिल्म खेल्नको लागि अफरहरु आइरहेको, तर पात्रबारे चित्त नबुझेकोले साइन भने गरिसकेकी छैनन् । दर्शकले कुनै कलाकार चलेपछि उसबाट आशा पनि धेरै खोज्छन् । अञ्जली पनि दर्शकको आशा निराशामा बदल्न नदिने बताउँछिन् ।

सरोहवा ७ सिमरा, बर्दियाकी अञ्जलीलाई मोडलिङमा यो स्थानमा पुग्न निकै स‌घर्ष गर्नु प-यो । उनको बुवाको सपना चाहिँ छोरीलाई स्टाफ नर्स बनाउने थियो तर, उनी मञ्जुर थिइनन् । २०७१ सालमा बर्दियाको एउटा मेलामा गायक बद्री पँगेनीलाई भेटेपछि बल्ल उनको मोडलिङ यात्रा तय भएको थियो । अहिले पनि उनी आफ्नो कलाकारीता क्षेत्रको यात्राको श्रेय गायक पंगेनीलाई नै दिन्छिन् । एक वर्ष दोहोरी साँझमा लोक भाकामा नाचेपछि अञ्जलीले गायक पँगेनीले गाएको दोहोरी गीत खरबारीमा...मा मोडलिङ गर्ने अबसर पाएकी थिइन् । 

उनी केन्द्रबिन्दुसँग भनेकी छन्, ‘अञ्जली अधिकारी बनाउन ठाउँ दिएको चाहिँ बद्री पंगेनी दाइले हो । कलाकार बन्ने ठाउँ दिएकोमा दाइको गुण कहिले बिसिर्न सक्दिँन । मेरो पहिचान दिने चाँहि पसिना आ रैछ ,निधारैमा तिम्रो’ मा बेली डान्स गर्थे । इन्डस्ट्री भित्र चाहिँ पसिना आयोले हो । दर्शकहरुले चिन्न थालेको चाहिँ ‘मेरो माया बसेको ठाउँमा, बत्ती बाल्न पर्दैन त्यो गाँउमा’ हो । तर, धेरैमाझमा चिनाएको बोल मायाले हो । मेरो कामप्रतिको इमानदारीता, लगनशीलता त्यहाँ देखियो । त्यसपछि दर्शकको माया पाउन थाले ।’ 

मोडल अञ्जलीले अभिनय गरेको चर्चित गीतहरुको भिडियोमा प्रकाश सपुतको बोल मायाँ..., प्रकाशकै गलबन्दी..., राजन कार्कीको पान खायो मायाँले..., चलचित्र प्रसाद बनकी चरी के भन्छे..., बिष्णु माझीको झ्यालैमा..., मेलिना राई कल्ले बोलायो..., सुनिल गिरीको, सोल्टिनी..., खेम सेन्चुरी र मधु गिरीको सोचे झैं जिन्दगी रैनछ..., पुरुषोत्तम पौडेलको ओई कान्छु म परदेश जान्छु..., खेमकै आधि बाटो..., पुरुषोत्तम पौडेलकै महामारी..., शान्ति श्री परियारको मायाँलु...लगायत पर्दछन् ।

नेपालमा करोड पटक म्युजिक भिडियोमा हेरिने मोडलहरुमा  अञ्जली पनि पर्छिन् । उनको कमाई पनि अहिले राम्रै रहेको बताउँछिन् । उनले उत्कृष्ट मोडलको बिन्ध्यवासिनी म्युजिक अवार्डदेखि म्युजिक खबर म्युजिक अवार्डसम्म विभिन्न अवार्ड पनि हात पारिसकेकी छन् । यसरी आफुले गरेको मेहनत अनुसारका आफुले म्युजिक भिडियोबाट उत्कृष्ट मोडलको रुपमा विभिन्न अवार्डहरु पाउँदा साह्रै खुसी लाग्ने गरेको पनि उनी बताउँछिन् । 

प्रकाशित: १० चैत २०७९ १६:१७ शुक्रबार

1
1
1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी