बोल्ड एन्ड ब्युटिफुल वर्षा शिवाकोटीकाे आज ‘बर्थ डे’, कति वर्ष पुगिन् ?

बोल्ड एन्ड ब्युटिफुल वर्षा शिवाकोटीकाे आज ‘बर्थ डे’, कति वर्ष पुगिन् ?


नायिका वर्षा शिवाकोटी छोटो समयमा नेपाली चलचित्र क्षेत्रमा रुचाइएकी नायिकामध्ये एक हुन् । उनी अभिनयले होस् या सामाजिक सञ्जालमा शेयर हुने ग्ल्यामर तस्विरले चर्चाको शिखरमै रहन्छिन् । 

म्युजिक भिडियोहरुबाट आफ्नो कलाकारिता यात्रा सुरु गरेकी शिवाकोटीको सामाजिक सञ्जालमा फ्यान फलोइङ पनि बढ्दो छ। आज उनको जन्मदिन परेको छ । सामाजिक सञ्जालमा एउटा फोटो शेयर गर्दै उनले आफूलाई जन्मदिनको शुभकामनासमेत दिएकी छन् । आजदेखि उनी ३०औं वसन्तमा प्रवेश गरेकि छन् ।

मोडलिङबाट आफ्नो करिअर सूरु गरेकी उनको पहिलो म्युजिक भिडियो भने 'झुम्का गिरो रे' हो । त्यसपछि उनको डेब्यु फिल्म 'नाइ नभन्नु ल २' रह्याे । त्यसपछि सन् २०१६ मा उनको अभिनय रहेको सामाजिक व्यङ्ग्यात्मक फिल्म ‘पशुपति प्रसाद’ले निकै चर्चा कमाएको थियो । त्यसपछि उनले अन्य फिल्ममा पनि उत्कृष्ट अभिनय गर्दै आएकी छन् । उनका सबै फिल्मले सफलता नपाए पनि उनी भने सधैँ चर्चामा हुने गर्छिन् । साथै उनी म्युजिक भिडियोमा पनि सक्रिय छिन् । 

तर, पछिल्लोसमय उनको वैवाहिक जीवनमा भने उतारचढाव आएको छ । गत वर्षको वैशाखमा काठमाडौंको एक रिसोर्टमा वर्षा र अमेरिकामा बस्दै आएका आशिष गेलालबीच धुमधामले भएको विवाह एक वर्ष नपुग्दै टुंगिएको छ । सो बारे उनले असमझदारी भएकाले केही महिनाअघि नै कानुनी रुपमा अलग भएको प्रतिक्रिया दिएको बाहिरिएको थियो । 

Logo