अनुशासित नायिकाको छवि बनाएकी स्वस्तिमा खड्काको बोल्ड अवतार

अनुशासित नायिकाको छवि बनाएकी स्वस्तिमा खड्काको बोल्ड अवतार


नायिका स्वस्तिमा खड्का नेपाली चलचित्र क्षेत्रको चर्चित र सुन्दरी नायिका हुन् । उनी दर्शकमाझ निकै लोकप्रिय छिन् । अनुशासित नायिकाको छवी बनाएकी स्वस्तिमाको समयसमयमा बोल्ड तस्बिर पनि सार्वजनिक हुँदा फ्यानहरु चकित हुन्छन् । 

नायिका स्वस्तिमा पहिरन छनोटमा निकै सजग छिन् । आफूलाई फिट राख्न पनि उनी हरदम प्रयास गर्छिन् । फिट रहने र पहिरनमा पनि चुजी भएका कारण स्वस्तिमाको सुन्दरता र स्टाइल सार्वजनिक कार्यक्रममा झल्कने गरेको छ । चलचित्र ‘होस्टेल रिटर्न्स’ बाट रंगीन दुनियाँमा उदाएकी नायिका स्वस्तिमा अहिले करियरको सर्वाधिक व्यस्ततामा छिन् । म्युजिक भिडियो होस् या चलचित्र दुवै क्षेत्रमा उत्तिकै चर्चामा छिन् उनी । 

राष्ट्रिय फिल्म अवार्डसहित सार्क फिल्म अवार्डसमेत जितेकी स्वस्तिमाले दक्षिण भारतीय फिल्म थिरिमालीमा समेत अभिनय गरेकी छन् । फेसन कन्सस स्वस्तिमा नेपाली फिल्ममा नम्बर वान नायिका बन्ने दौडमा समेत छिन् ।

‘जय भोले’, ‘नाई नभन्नु ल ५’ र ‘छक्का पन्जा ३’मा खेलिसकेकी उनी चलचित्र ‘दुई रुपैयाँ’मा समावेश ‘कुटुमा कुटु’ गीतले चर्चाको शिखरमा पुर्याएको थियो । उनले नारीप्रधान चलचित्र  ‘बुलबुल’मा पनि मुख्य भूमिका निभाएकी थिइन् । जहाँ टेम्पो चालिकाको भूमिकामा प्रस्तुत भएकी स्वस्तिमाले सबैको माया पाएकी थिइन् । उनको करिअरको लागि टर्निङ प्वाइन्ट नै ‘बुलबुल’ चलचित्र मान्न सकिन्छ । 

यसपछि पनि स्वस्तिमाले ‘हजार जुनीसम्म, घामड शेरे, चपली हाइट ३’ लगायतका चलचित्रमा काम गरेकी छन् । पछिल्लोसमय उनले चलचित्र ‘चिसो मान्छे’ मा अभिनय गरेकी थिइन्, सो फिल्मले सोचेजस्तो राम्रो व्यापार गर्न सकेन । यद्यपी फिल्ममा उनले गरेको अभिनयले भने राम्रो चर्चा पाएको थियो । 

हाल नायिका स्वस्तिमा निर्देशक दीपेन्द्र के खनालको निर्देशनमा दर्शकमाझ आउन लागेको ‘पशुपति प्रसाद २ः भष्मे डन’मा पनि काम गरेकी छन् । 

Logo