ताप्लेजुङको फुङयिलङ नगरपालिकाले जुत्ता पालिस गर्नेदेखि ठेलामा चटपटे बेच्नेसम्मलाई करको दायरामा ल्याएको छ ।
नगरपालिकाले चालू आर्थिक वर्ष २०७६र७७ का लागि प्रकाशित गरेको ‘नगर राजपत्र’ मा उल्लेख भएअनुसार जुत्तामा पालिस गर्नेले २० रुपैयाँ र ठेलामा चटपटे बेच्नेले ७५ रुपैयाँ कर तिर्नुपर्नेछ ।
अनुसूची–८ बहाल बिटौरी कर अन्तर्गत तोक्मेडाँडामा शनिबार र मंगलबार लाग्ने हटियामा १ जोडी परेवा बिक्री गरेवापत १५ रुपैयाँ कर तोकिएको छ । भूइँमा सामान बिच्छ्याएर बेचेबापत १५ रुपैयाँ कर तोकिएको छ । कारोबार दैनिकबाट
प्रकाशित: २६ साउन २०७६ ०६:५१ आइतबार