एसीसी यू-१९ प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा, काे-काेे समेटिए ?

एसीसी यू-१९ प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा, काे-काेे समेटिए ?


एसीसी यू–१९ प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा भएको छ ।

मलेसियामा अर्को साता सुरु हुने प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार देव खनालको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । प्रिमियर कपका लागि गत फागुनमा आइसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटको उपाधि जित्दाको टोलीलाई नै निरन्तरता दिइएको छ।

प्रिमियर कपको शीर्ष ३ मा रहने टोलीले आगामी डिसेम्बरमा हुने यू १९ एसिया कपका स्थान बनाउनेछ। समूहका शीर्ष स्थानमा रहने टोलीले सेमिफाइनमा स्थान बनाउनेछन्।

नेपाल रहेको समूह ए मा बहराइन, साउदी अरेविया र ईरान छन्। समूह बी मा युएई, ओमान, कतार र चीन तथा मसमूह सी मा सिंगापुर, कुवेत, थाईल्यान्ड र मालदिभ्स छन्। समूह डी मा हङकङ, मलेसिया, जापान र इन्डोनेसिया रहेका छन्।
प्रिमियर कप असोज २५ देखि कार्तिक ७ गतेसम्म चल्नेछ।

समूह चरणको पहिलो खेलमा नेपालले २५ गते इरानसँग खेल्दै प्रिमियर कपको सुरुआत गर्नेछ। २८ गते घटस्थापनाको दिन बहराइनसँग तथा समूह चरणको अन्तिम खेलमा कार्तिक २ गते साउदी अरेवियासँग खेल्ने तालिका छ।

यस्तो छ नेपाली टोलीः-
देव खनाल (कप्तान), सुवास भण्डारी, विशाल केसी, आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, दीपक बोहरा, उत्तम थापामगर, दीपक डुम्रे, दीपेश कंडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द र मिलन बोहरा

वैकल्पिक खेलाडीः प्रज्वल थापा, विपिन रावल, निर्मल गुरुङ र राजेश यादव
 

Logo