अनुदानकाे खोप आठ साता बित्दा पनि सरकारले ल्याउन सकेन

अनुदानकाे खोप आठ साता बित्दा पनि सरकारले ल्याउन सकेन


 

चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् ।

१८ माघमा नै नेपालले तीन लाख डोज खोप दिने घोषणा गरेको चीनले अनुदान बढाएर आठ लाख पुर्याएको छ । तर, खोप ल्याउने विषयमा भने प्रगति छैन् ।

नेपाली दूतावासले अनुदानको खोप बेइजिङमा तयार भएको भन्दै पटक पटक जानकारी गराएको छ, तर कहिले उतर र कहिले दक्षिण ढल्किने राजनीतिले अहिले चिनियाँ सहयोग उपेक्षा गरेको छ, जबकि मौज्दात अभावले दोस्रो डोजको खोप ढिला भएको छ ।

नेपालमा खोप अभियान १८ माघमा सुरु भएको हो । बढीमा आठ सातामा दोस्रो डोज लगाउनुपर्नेमा १२ सातापछि (७ वैशाखमा) मात्र लगाउने सरकारी तयारी छ । खोप अभावले पहिलो डोज लगाउन खोज्नेहरु पनि निरास छन् ।

१८ माघमा नै चीनले तीन लाख डोज खोप दिने घोषणा गरेको थियो, तर सो खोप नेपाल आएन । पाँच दिनपछि २३ माघमा रिराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ समकक्षी स्टेट काउन्सिलर वाङबीच टेलिफोन कुराकानी हुँदा चिनियाँ पक्षले नेपाललाई पाँच लाख डोज खोप दिने घोषणा गरेको थियो ।

त्यस्तै, पछिल्लोपटक १७ फागुनमा चीनले सार्वजनिक जानकारीमार्फत नेपाललाई आठ लाख डोज कोभिडविरुद्धको खोप अनुदानमा उपलब्ध गराउने भनेको थियो । अनुदानको खोप बेइजिङबाट नेपाल आफैले ढुवानी गर्नुपर्ने सर्त नेपालले मञ्जुर गरेको छ । तर, सरकारले खोप ल्याउने तयारी भने गरेको छैन । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

Logo