सानु शिवाको ठाउँमा जानकीदेवी सांसदमा निर्वाचित

सानु शिवाको ठाउँमा जानकीदेवी सांसदमा निर्वाचित


प्रतिनिधिसभाको समानुपातिक सांसदमा जानकीदेवी राम निर्वाचित भएकी छिन्। 

निर्वाचन आयोगले नेकपा (एमाले)को समानुपातिक सांसदमा जानकीदेवी निर्वाचित भएको जनाएको छ।

समानुपातिक उम्मेदवारको बन्दसूचीमा रहेकी सिरहाकी जानकीदेवी निर्वाचित भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए। 

जानकीदेवी निर्वाचित भएको जानकारी संघीय संसद सचिवालयलाई गराउने निर्णय भएको पनि उनले बताए।  

सानु शिवाको निधन भएपछि रिक्त रहेको समानुपातिक सांसदमा जानकीलाई निर्वाचित गरिएको हो । सानु शिवाको  गत असोज २८ गते निधन भएको थियो। 

जानकीदेवी निर्वाचित भएसँगै अब प्रतिनिधिसभामा एमालेका १२१ सांसद भएका छन्।अन्नपूर्णबाट

Skip This
Logo