टाढिँदै अविश्वासको प्रस्ताव

टाढिँदै अविश्वासको प्रस्ताव


प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्रामक देखिएको माओवादी केन्द्र अविश्वासको प्रस्ताव ल्याउन भने हच्किएको छ ।

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र जनता समाजवादी पार्टी (जसपा) ले नयाँ सरकार गठनमा खासै चासो नदिएपछि माओवादी केन्द्र प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन हच्किएको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीविरुद्ध चाँडै नै अविश्वासको प्रस्ताव ल्याउने आइतबार बताएका थिए । उनले नयाँ सत्ता समीकरण मिलाउन काँग्रेस र जसपासँग दुई दिनसम्म गरेको छलफल सकारात्मक नभएपछि माओवादी अविश्वासको प्रस्ताव ल्याउने योजनाबाट पछि हटेको हो ।

माओवादी केन्द्र स्थायी कमिटी सदस्य एवम् प्रमुख सचेतक देव गुरुङले ओली नेतृत्वको सरकार कामचलाउ भइसकेकाले तत्कालै अविश्वासको प्रस्ताव ल्याउन जरुरी नभएको बताए । उनले विधि अनुसार यही चैत २३ गतेसम्म प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने बताए ।

अहिले सरकारको नेतृत्वको गरिरहेका व्यक्ति कुन विधिले चलिरहेका छन् भन्ने प्रश्न उठेको गुरुङको भनाइ छ । फागुन २३ गते सर्वोच्च अदालतले दल विभाजनको फैसला गरेपछि सरकार अल्पमतमा परेको उनी बताउँछन् । नागरिक दैनिकमा समाचार छ ।

Skip This
Logo