पाँचथरमा नयाँ वर्षको सन्दर्भ पारेर चौरी महोत्सव हुने

पाँचथरमा नयाँ वर्षको सन्दर्भ पारेर चौरी महोत्सव हुने


कोरोना कहरका कारण गत वर्ष हुन नसकेको चौरी महोत्सव यसवर्ष हुने भएको छ। यस वर्ष फालेलुङ गाउँपालिका–४, तीनसिमाना फालोट क्षेत्रमा बैशाख एक गते चौंथो चौरी महोत्सव हुने भएको हो।

यसअघि फालेलुङ–४, कै चाररातेमा महोत्सव हुँदै आएको थियो । यसवर्ष भने करीब १५ किलोमिटर उत्तरमा अवस्थित सिमाना क्षेत्रमा महोत्सव गर्न लागिएको हो। फालेलुङ कञ्चनजंघा पर्या–पर्यटन प्रबर्धन संस्था, दीपज्योति युवा क्लव र कञ्चनजंघा चौरी पालन संरक्षण संस्थाको आयोजना तथा कञ्चनजंघा भू–परिधि संरक्षण तथा विकास पहलको सह–आयोजनामा महोत्सव गर्न लागिएको हो। महोत्सव प्रबर्धकको रुपमा फालेलुङ गाउँपालिका र फालेलुङ गाउँपालिका ४ नं. वडा रहेका छन् ।

चौरी पालन व्यवसाय प्रबर्धनका लागि महोत्सव आयोजना गरिएको आयोजक संस्था दीपज्योती युवा क्लवका कार्यकारी निर्देशक सुनिल बान्तावा राईले बताए। महोत्सवमा चौरी तथा याक प्रदर्शनी, चौरीको दुधबाट उत्पादित वस्तुहरुको स्टल लगायत रहनेछन्।

महोत्सवमा सहभागीले नेपालसँगै भारतको सिक्किम र वेष्ट बङ्गाल, तीनसिमाना क्षेत्रको दृष्यावलोकन तथा गोठ स्टेको अनुभव समेत लिन सक्नेछन्। महोत्सव अवलोकनका लागि नेपालसँगै भारत र भूटानबाट समेत चौरी र प्रकृतिप्रेमीहरु आउने आयोजकले जनाएको छ।राजधानीबाट

Logo