वीरगन्जमा काेराेना संक्रमण बढ्दै, ९० जनाको परीक्षणमा ४५ जनामा पुष्टि

वीरगन्जमा काेराेना संक्रमण बढ्दै, ९० जनाको परीक्षणमा ४५ जनामा पुष्टि


वीरगन्जमा शनिवार ४५ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा शनिवार साँझ ९० जनाको स्वाब नमुना परीक्षण गर्दा ४५ जनामा संक्रमण पुष्टि भएको अस्पतालका कोभिड कोर्डिनेटर डा. सरोज रोशन दासले जानकारी दिए। 

शनिवार साँझ संक्रमण पुष्टि भएका ४५ मध्ये पर्सा जिल्लाका मात्रै ३९ जना छन्। अन्य ६ जना बाराका हुन्। पर्साका ३९ संक्रमितमध्ये वीरगन्ज महानगरपालिकाका मात्रै ३८ जना रहेको दासले जानकारी दिए। 

उनका अनुसार वीरगन्ज महानगरपालिका वडा नम्बर ६ का १०, वडा नम्बर १० का ७, वडा नम्बर २ का ६, वडा नम्बर १३ का ४, वडा नम्बर ३ र १५ का २/२, वडा नम्बर ४ , ७ , ९ , १२ , १४ र २८ का १ /१ जनामा संक्रमण पुष्टि भएको हो।
 
यस्तै पर्साकै पर्सागढी नगरपालिका ३ का १९ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको दासले बताए। शनिवार साँझको परीक्षणमा बाराको कलैया उपमहानगरपालिका ४ र १२ का १÷१ जना तथा जितपुर सीमरा उपमहानगरपालिका वडा नम्बर १०, करैयामाइ गाँउपालिका वडा नम्बर ६, फेटा गाउँपालिका वडा नम्बर ९  र परवानीपुर गाउँपालिका वडा नम्बर ३ का १÷१ जनामा पनि संक्रमण भेटिएको हो। 

यसअघि शुक्रबार बेलुकी वीरगन्जको नारायणी अस्पतालमै ९४ जनाको पीसीआर परीक्षण गर्दा तीमध्ये आधा भन्दा बढी अर्थात् ५७ जनामा संक्रमण पुष्टि भएको थियो।अन्नपूर्णबाट

Logo