हुरी–बतासले नै भाँचियो निर्माणाधीन पक्की पुल

हुरी–बतासले नै भाँचियो निर्माणाधीन पक्की पुल


हुरीबतासले धादिङको त्रिशूली नदीमा निर्माणाधीन पक्की पुल भाँचिदिएको छ । शनिबार साँझ आएको हुरीबतासले गल्छी गाउँपालिका–४ मासटार र वडा नं. २ केउरेनीटार जोड्ने त्रिशूलीनदी माथि निर्माणाधीन पुल भाँचिदिएको ह्यामलेट होटलका सञ्चालक रामजी मरहठ्ठाले बताए । पुलको दायाँ भाग आरसीसी थियो भने बायाँपट्टिको भाग स्टिलको थियो ।

पुलको बायाँ भाग ८० मिटर लामो स्टिल जडान गरी रंगरोगन गरिसकेको थियो । उक्त पुल निर्माण गर्न २३ करोड ७५ लाखमा २०७३ साल असार ३० गते तुदी, लामा र सपनाले संयुक्तरूपमा सम्झौता गरेका थिए । सम्झौताअनुसार २०७७ मंसिर १३ गते सम्पन्न गर्नुपर्ने थियो । कारोबार दैनिकमा समाचार छ । 

Logo