बागलुङमा एकै विद्यालयका ३९ जनामा कोरोना पुष्टि, विद्यालय भने बन्द गरिएन

बागलुङमा एकै विद्यालयका ३९ जनामा कोरोना पुष्टि, विद्यालय भने बन्द गरिएन


बागलुङ नगरपालिका–१४ स्थित जनताधन माध्यमिक विद्यालयका ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य कार्यालय बागलुङका कोरोना फोकल पर्सन देवप्रकाश घिमिरेका अनुसार विद्यालयका ९८ जनाको स्वाब परीक्षण गरिएकोमा ३९ जनामा संक्रमण देखिएको हो।

कोरोना पुष्टि भएकालाई घर–घरमै आइसोलेसनमा बस्न भनिएको छ। स्वाब संकलन गरिएपछि पनि विद्यालयमा आइतबार र सोमबार नियमित कक्षा सञ्चालन भएको थियो। कोरोना संक्रमण तीव्र बनेपछि बागलुङ देशभरमै कोरोनाबाट अति प्रभावित हुने १४ जिल्लाको सूचीमा छ।

संक्रमणको जोखिम उच्च छ भनेर स्वास्थ्य मन्त्रालयले भने पनि बागलुङका स्थानीय तहले भने अहिलेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छैन। बागलुङमा हाल ८८ जना संक्रिय संक्रमित छन्।नेपाल समाचारपत्रबाट

Logo