अनुसन्धानले भन्छ, ‘संक्रमित आमाकाे दूधबाट बच्चामा कोराेना सर्दैन’

अनुसन्धानले भन्छ, ‘संक्रमित आमाकाे दूधबाट बच्चामा कोराेना सर्दैन’


कोरोनाले गर्भवती महिलामा धेरै असर गरेको प्रसूति गृह थापाथालीका निर्देशक डा.संगिता कौशल मिश्रले बताएकी छिन्।

कोरोनाको दोश्रो लहरमा विश्वभर गर्भवती सुत्केरी महिलामा संक्रमणको दर एकदमै उच्च देखिएकोले हाल नेपालमा पनि संक्रमणको दर अत्याधिक बढेको र त्योसँगै सुत्केरी गर्भवतीमा उच्च देखिएको उनले बताएकी हुन्।

यदि गर्भवती महिलामा कोरोनाको संक्रमण भएमा सामान्य अवस्थाको जस्तै गरी उपचार गर्न सकिने निर्देशक डा.मिश्रले जानकारी दिइन् । “ गर्भवती महिलामा इन्फेक्सन बढ्यो निमोनिया भयो वा उहाँको अवस्था धेरै नै सिकिस्त हुने भएमा सबभन्दा पहिला गर्भवती महिलामा कोभिड देखिएको छ भने उहाँले डराउनु अत्तिनु भएन दोस्रोमा उहाँले चिकत्साकिय परामर्श लिनुपर्ने हुन्छ परामर्शअनुसार यदि उहाँको सुत्केरी हुने महिना बाँकी छ र उहाँको अवस्था समान्य छ भने उहाँले होम आइसोलेसनमा बस्नुपर्ने हुन्छ ।” तर आइसोलेसनमा बस्दा कतिपय कुरामा ध्यान पुर्याउनु पर्ने उनले बताएकी छिन्।

उनका अनुसार सबभन्दा पहिले छुट्टै कोठामा बस्ने, सँगै शाैचालयको व्यवस्था छ भने एकदमै उपयुक्त हुन्छ। दोस्रो कुरा आफ्नो पोषणयुक्त खानामा ध्यान दिनु पर्छ त्यसको लागि प्रोटिनयुक्त खाना खानु पर्ने र यसमा अन्न, गेडागुडी, माछामासु, फलफूल, तरकारी र साग हुनुपर्नेछ। नियमित हल्का व्यायम, योगाहरु गर्न सकिने उनको सुझाव रहेको छ।

“यसबाहेक आफ्नो ज्वरो नियमित जाँच्नुपर्छ यदि ज्वरो एक सय डिग्री फरेनहाइट नाघ्यो भने सिटामोलको प्रयोग गर्नुपर्ने हुन्छ। सिटामोलले गर्भमा रहेको शिशुलाई कुनै पनि असर गर्दैन। यसबाहेक कोभिडको लागि एकदमै महत्वपूर्ण कुरा छ, अक्सिजन नियमित नाप्यो भने एकदमै राम्रो हुन्छ ।” यति गर्दागर्दै पनि नियमित चिकित्साकीय परामर्शमा बस्नुपर्ने उनको भनाइ छ। यसको लागि प्रसूतिगृहले २४ सैँ घण्टा उपलब्धा हुने २–३ वटा नम्बर सार्वजनिक गरेको छ। त्यहाँ फोन गरेर उचित सल्लाह, सुझाव लिन सक्ने बताइन्।

निर्देशक मिश्रले भनिन्,“प्रसूति गृहमा दुई प्रकारको महिलाहरु आउनु हुन्छ। पहिलो महिलाहरु सुत्केरी, पाठेघरसम्बन्धी समास्या लिएर आउनु हुन्छ भने अरु महिलाहरु अन्य समास्याहरु भएर आउनु हुन्छ ।” प्रसूति गृहले कुनै पनि सेवा बन्द गरेको छैन, नियमित ओपिडी पनि चालु छ।

गर्भवती महिलाले कोभिडको खोप लगाउन मिल्ने बताउँदै निर्देशक मिश्रले भनिन्, “यो कोभिडको समयमा नर्मल सेवा त दिइ नै रहेका थियौं, त्यसबाहेक अक्सिजनलगायत उच्च सेवा दिन सकौं भनेर त्यो अक्सिजन सेवा पनि सुरु गरेका छौँ । हालसम्म ६८ जना कोभिड संक्रमित महिलाले सेवा लिनुभयो। त्यो बाहेक जस्को सुत्केरी हुने समय पुगेको थिएन उहाँहरुलाई आइसोलेसनमा राखेर पनि सुत्केरी गराएको छ। प्रसूति गृहमा दैनिक ८ देखि १० जना कोरोना संक्रमित महिलाहरु आउने गरेको र ३८ जनालाई अस्पतालमै राखेर उपचार गरेको अरुलाई समान्य उपचारपछि घर पठाएको र दुई जनाको मृत्यु भएको छ, कोभिड संक्रमित आमाबाट जन्मेको शिशुलाई कुनै असर हुँदैन र हालसम्म त्यस्तो देखिएको छैन र कोभिड संक्रमित महिलाले ढुक्कसँग शिशुलाई स्तनपान गराउँदा हुन्छ। दूधमा कोभिडको भाइरस सर्दैन ।” गाेरखापत्रबाट

Logo