कोरोनाको दोस्रो लहर पहिलोभन्दा १०० प्रतिशतभन्दा बढी आक्रामक र घातक

कोरोनाको दोस्रो लहर पहिलोभन्दा १०० प्रतिशतभन्दा बढी आक्रामक र घातक


कोभिड १९ को दोस्रो लहर पहिलोको तुलनामा एक सय प्रतिशतभन्दा बढी आक्रामक र घातक देखिएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तथ्यांक हेर्दा कोभिडको पहिलो लहरको तुलनामा दोस्रो लहरमा संक्रमित हुने १ सय १२ प्रतिशतले बढेका छन् । 

त्यस्तै, पहिलो लहरको तुलनामा दोस्रो लहरमा मृत्यु हुने संख्या १ सय ६३ प्रतिशत बढी छ । नेपालमा कोभिडको पहिलो लहर झन्डै १५ महिना (२०७६ माघ १० देखि) चलेको थियो ।

दोस्रो लहर २०७७ चैत अन्तिम सातादेखि सुरु भएको मानिएको छ । आजको नागरिक दैनिकमा समाचार छ । 

Logo