मिल्लान् तीन कोइराला ?

मिल्लान् तीन कोइराला ?


नेपाली कांग्रेसका संस्थापक नेताहरु बिपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका छोराहरु हुन् शशांक, प्रकाशमान र विमलेन्द्र ।

१४ औं महाधिवेशनमा सभापतिको प्रत्यासी बन्ने बताउँदै तयारी थालेका तीन नेताले थालेको लन्च मिटिङले कांग्रेसमा पुस्तान्तरणको बहस चलिरहेका बेला पार्टीमा आ आफ्नो स्थान बनाएका यी नेता मिलेर महाधिवेशमा उम्मेदवार दिन्छन् कि भन्ने नेता तथा कार्यकर्ताले अपेक्षा गरेका थिए । तर, ती नेताले थालेको लन्च मिटिङ अहिले अवरुद्ध छ ।

एक दर्जन नेताले महाधिवेशनमा नेतृत्वका लागि आकांक्षा व्यक्त गर्दै आएका बेला सभापतिका तीन आकांक्षी शशांक कोइराला, शेखर कोइराला र सुजाता कोइराला लन्च मिटिङमा जुटेका छन् । कोइराला परिवारका तीनै सदस्यले नेतृत्वमा आ आफ्नो दाबीलाई प्रस्तुत गर्द आएका छन् । बिपी, केशव र गिरिजाप्रसाद कोइरालाका सन्तान शशांक, शेखर र सुजाताले दाबी मात्र होइन, तयारी पनि थालिसकेका छन् ।

पार्टी महामन्त्री समेत रहेका शशांकले सभापतिमा आफ्नो स्वाभाविक दाबी रहने बताउँदै सभापति देउवालाई हराउन सक्ने आफू मात्र भएको जिकिर गर्दै आएका छन् । दुई वर्षभन्दा बढी समयदेखि पार्टी सभापतिका लागि आफूले तयारी थालेको भन्दै शेखरले १४ औं महाधिवेशनमा आफू कुनै हालतमा उम्मेदवार बन्ने बताउँदै आएका छन् ।

तर, नेत्री सुजाताले कोइराला परिवारका दुई सदस्य मात्र होइन, संस्थापन इतरबाट खडा हुने बताउँदै आएकी छन् । संस्थापन इतरका नेताहरुलाई एक ठाउँमा ल्याउन केही दिनअघि नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलालाई आफ्नै निवासमा खानाका लागि बोलाएकी थिइन् । नागरिक दैनिकमा समाचार छु ।

Skip This
Logo