विप्लवको दौडधुप जारी, बुधबार प्रधानमन्त्री देउवासँग भेटवार्ता

विप्लवको दौडधुप जारी, बुधबार प्रधानमन्त्री देउवासँग भेटवार्ता


नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। 

केपी ओली नेतृत्वको सरकारसँग भएको सहमति कार्यान्वयनका लागि विप्लवले भेटवार्तालाई निरन्तरता दिएका हुन्। बुधबार दिउँसो बालुवाटार पुगेर उनले प्रधानमन्त्री देउवासँग भेट गरेका हुन्। 

देउवासँगको भेटमा ओली सरकारसँग भएको तीन बुँदे सहमति, पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल भएको छ। विप्लवले ओली सरकारसँग २०७७ फागुन २१ गते तीन बुँदे सहमति गरेका थिए। देउवासँगको भेटमा उनले सहमति कार्यान्वयनको माग गरेका छन्। 

देउवासँगको भेटमा तीन बुँदे सहमति कार्यान्वयको विषयमा कुराकानी भएको विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोलाले जानकारी दिए। प्रधानमन्त्रीसँगको भेटमा गृहमन्त्री बालकृष्ण खाँणसमेत सहभागी थिए । देउवाले सहमति कार्यान्वयन गर्ने कुरामा विश्वस्त हुन आग्रह गरेको बाँस्तोलाको भनाइ छ । 

पछिल्ला एक साताभित्र चन्दले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका नेता डा बाबुराम भट्टराई, आफ्ना राजनीतिक गुरु एवं नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य, एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द्र थापा र प्रभु साह, एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। 

राजनीतिक भेटवार्ता मूलतः सरकार र नेकपाबीच गत फागुन २० गते भएको तीनबुँदे सहमति कार्यान्वयनको अवस्था र वर्तमान राजनीतिक परिस्थितिका बारेमा केन्द्रित रहेको प्रस्ट देखिन्छ।अन्नपूर्णबाट

Skip This
Logo