बलात्कृत ११ वर्षीया बालिकाले बच्चा जन्माइन्

बलात्कृत ११ वर्षीया बालिकाले बच्चा जन्माइन्


बाबुको भन्दा बढी उमेरको छिमेकीबाट बलात्कृत ११ वर्षीया अन्जु (नाम परिवर्तन) ले बुधबार बिहान विराटनगरको कोशी अञ्चल अस्पतालमा बच्चा जन्माएकी छन् ।

झापा खुदुनाबारी–१ टप्पु गाउँकी अन्जुले बलात्कारको २८ हप्तापछि सामान्य अवस्थामा छोरा जन्माएकी हुन् । साढे ६ महिनामै जन्मिएको बच्चाको तौल एक किलो दुई सय ग्राम छ ।

प्रसूतिपछि आमाको अवस्था सामान्य छ । बच्चालाई अक्सिजनको कमिले आईसियूमा राखिएको छ । अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ । 

Logo