‘विवाद मिले एमालेमा, नमिले सरकारमा’

‘विवाद मिले एमालेमा, नमिले सरकारमा’


शेरबहादुर देउवा नेतृत्वको सरकारका सहभागी हुन सत्ता गठबन्धनले पटक पटक नेता नेपाललाई आग्रह गरेको छ । नेपालले विवाद मिले पार्टीमै रहने नत्र सरकारमा आउने सन्देश दिएका छन् ।

नेता नेपालले आइतबार प्रधानमन्त्री देउवालाई फोन गरेर मन्त्रिपरिषद् विस्तार रोक्न आग्रह गर्दै एमालेभित्रको विवाद मिल्ने अवस्थामा पुगेको र नमिले आफूहरू सरकारमा सहभागी हुने बताएका थिए । ‘आज एकदिन रोकिदिनुस् । हाम्रो विवाद मिल्ने अवस्थामा केन्द्रित छ । हेरौँ, मिल्यो भने सरकारमा आउँदैनौं’, नेपाललाई उद्धृत गर्दै स्रोतले भन्यो ।

देउवा आइतबार मन्त्रिपरिषद् विस्तारको तयारीमा थिए । विवाद नमिले नेपाल पक्षका तीन नेता सरकारमा जान तयारी अवस्थामा रहेको स्रोतको दाबी छ । ओलीसँग असहमत नेताहरूले पनि देउवालाई भेटेर मन्त्री माग गरेको र उनीहरूले शनिबार साँझ नेपाललाई पनि भेटेर सरकारमा सहभागी हुन दबाब दिएका थिए ।

पार्टी विवाद मिलाउन गृहकार्य भइरहेका बेला एमाले स्थायी कमिटी बैठकले महधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । बैठकले ३ असोजमा देशभरका वडामा अधिवेशन र ९ असोजमा स्थानीय तहमा अधिवेशन गर्ने प्रस्तावसहित कार्यतालिका सार्वजनिक गरेको हो ।

एमाले सचिव एवं पार्टी प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार यही प्रस्ताव पारित गर्न साउन २४ मा केन्द्रीय कमिटी बैठक बोलाइएको हो । ‘देशव्यापी रुपमा असोज ३ गते वडा तहको अधिवेशन गरिसक्ने र असोज ९ गते पालिकास्तरको अधिवेशन गरिसक्ने तयारी छ । विधान अधिवेशनलगायतका विषय टुंगो लगाउन साउन २४ मा केन्द्रीय कमिटी बैठक बोलाइएको छ’, प्रवक्ता ज्ञवालीले भने । संगठित सदस्यता नवीकरण २७ साउनभित्र सक्ने निर्णय बैठकले गरेको छ ।

बैठकले विधान महधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रस्ताव, ईश्वर पोखरेलले सांगठानिक प्रतिवेदन र विष्णुप्रसाद पौडेलले विधान संशोधन मस्यौदा पेस गर्नेछन् । बैठकले विधान महाधिवेशनको व्यवस्थापन जिम्मेवारी रामबहादुर थापालाई दिएको छ । बैठकपछि एमाले महासचिव पोखरेले पार्टीमा दोस्रो अध्यक्ष बनाउने व्यवस्था विधानमा नभएकाले त्यसो गर्न उपयुक्त नहुने बताए । नागरिक दैनिकमा समाचार छ । 

Logo