गत आवमा सुनको आयात दोब्बर

गत आवमा सुनको आयात दोब्बर


गत आर्थिक वर्ष २०७७/७८ मा सुनको आयात १०३ दशमलव १४ प्रतिशतले बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आवको आयातनिर्यात अर्थात् वैदेशिक व्यापारसम्बन्धी तथ्यांकले यस्तो देखाएको हो ।

तथ्यांकअनुसार गत आवमा नेपालमा २७ अर्ब ३४ करोड ३९ लाख रुपैयाँ बराबरको सुन आयात भएको छ, जुन अघिल्लो आव २०७६/७७ को तुलनामा १३ अर्ब ८८ करोड ३५ लाख रुपैयाँले बढी हो ।

परिमाणको आधारमा गत आवमा ३ हजार ९२४ केजी सुन आयात भएको थियो । परिमाणको आधारमा भने सुन आयात ६४ प्रतिशतले बढेको देखिन्छ । अघिल्लो आवमा २ हजार ४०० केजी सुन आयात भएको तथ्यांकमा उल्लेख छ । कोरोना महामारी तथा मूल्य बढ्दा अघिल्लो आवमा सुनको आयात ह्वात्तै घटेको थियो । आर्थिक अभियान दैनिकमा समाचार छ । 

Skip This
Logo