‘बाध्यता’ को जातक हत्यामा कम सजाय

‘बाध्यता’ को जातक हत्यामा कम सजाय


असुरक्षित यौन सम्बन्ध राखी सम्बन्धित पुरुषले स्वीकार नगर्दा त्यस्तो अवस्थामा जन्मेको शिशुको हत्यामा अन्य हत्या अपराधमा जस्तो गरी सजाय तोक्न नहुने ठहर सर्वोच्च अदालतले गरेको छ ।

न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको संयुक्त इजलासले एक किशोरीले बच्चा जन्माएर हत्या गरेको मुद्दामा जिल्ला अदालतले तोकेको जन्मकैदको सजाय घटाएको छ ।

२०७७ फागुन ७ मा गरिएको फैसलाको पूर्ण पाठ सर्वोच्चले हालै सार्वजनिक गरेको हो । सर्वोच्च अदालतले विवशतामा परी गरिएको जातक हत्यालाई अन्य हत्यासरह लिन नहुने ठहर गरेको छ  ।

यस्तो छ घटना विवरण

२०७५ सालमा पर्वत फलेवासकी १६ वर्षीया किशोरीलाई स्थानीय मनबहादुर मल्लले ललाईफकाई यौन सम्बन्ध राखी गर्भवती बनाएका थिए । गर्भवती भएपछि ती किशोरीले सम्बन्धित पुरुषलाई खबर गरेकी थिइन् । उनले आफूलाई विवाह गर्न आग्रह गरेकी थिइन् ।

तर मल्लले आफूले विवाह नगर्ने भन्दै गर्भमा रहेको बच्चा जन्मिना साथ मार्न सुझाव दिएर सम्पर्कविहीन भएका थिए । ती किशोरीले घर, परिवार, समाज सबैको डरले नौ महिनासम्म गर्भ लुकाएकी थिइन् । उनले बच्चा जन्मिनासाथ मारेर फालिदिएकी थिइन् ।, आजको नागरिक दैनिकमा समाचार छ । 

Logo