विश्वकै अग्लो ‘स्काई साइक्लिङ’ नेपालमा सुरू

विश्वकै अग्लो ‘स्काई साइक्लिङ’ नेपालमा सुरू


विश्वकै अग्लो र लामो व्यवसायिक स्काई साइक्लिङ नेपालमा सुरु भएको छ। विश्वकै दोस्रो अग्लो बन्जी सञ्चालन गरिरहेको द क्लिफले पर्वतको कुस्मामा यो नयाँ सेवा सञ्चालनमा ल्याएको हो। कालीगण्डकी नदीमाथिको भीरमा कम्पनीको रिसोर्टपरिसरमा उक्त सेवा सञ्चालनमा आएको हो। साइक्लिङको लम्बाइ दुईतर्फ गरी छ सय मिटरको छ।

कम्पनीले सेवा सुरु गरेको अवसरमा छुट सुविधा पनि घोषणा गरेको छ। साइक्लिङका लागि प्रतिव्यक्ति तीन हजार पाँच सय रुपियाँ तोकिए पनि सुरुवातको अवसरमा दुई हजार पाँच सयमै टिकट पाइने कम्पनीका अध्यक्ष राजु कार्कीले जानकारी दिए। यो मूल्य आन्तरिक र बाह्य दुवै पर्यटकलाई समान रहेको पनि उनले बताए।

विश्वमा दुई सय २८ मिटर उचाइमा छ सय मिटरको कुनै पनि व्यवसायिक स्काई साइक्लिङ नरहेको उनको दाबी छ। कम्पनीले रिसोर्ट परिसरमै गुलेली पिङ, पारिवारिक पिङ, हाई रोप स्टेसन, स्काइ चेयर, घोडचढीलगायत अन्य साहसिक खेल पनि सञ्चालन गरिरहेको छ। पोखराबाट करिब ५५ किलोमिटरकाे दुरीमा यो ठाउँमा पुग्न सकिन्छ।गोरखापत्रबाट

Logo