दैनिक उपभोग्य वस्तुको मूल्य आकाशियो, दैनिक गुजारा गर्नै धौधौ

दैनिक उपभोग्य वस्तुको मूल्य आकाशियो, दैनिक गुजारा गर्नै धौधौ


उफ ! महँगी’ । लामो स्वास लिँदै फूलमाया तामाङ भन्छिन्, ‘कसरी बालबच्चा पाल्ने ? कसरी आफू बाँच्ने ? सारै गाह्रो भयो ।’ अनामनगरमा कोठा भाडामा लिएर बसेकी फूलमायाले प्रत्येक महिना कोठा भाडाबापत ७ हजार रुपैयाँ तिनुपर्छ।

फूलमाया अरूको घरमा भाडा माझ्ने र लुगा धोएर छोरा छोरी पाल्ने गर्छिन्। ‘महिनामा १०/१५ हजार रुपैयाँ कमाइ हुँदा पहिला त खान पुग्थ्यो । अहिले त महिनाभरि खानै पुग्दैन,’ उनले भनिन् ।

दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएपछि बच्चालाई कसरी पाल्ने, घरको चुलो कसरी बाल्ने चिन्ता बढेको छ उनलाई। दुःखेसो पोख्दै तामाङ भन्छिन्, ‘बजारमा सामान किन्न जाँदा छोइसक्नु छैन महँगीले।’

‘बजारमा एक किलो चिनीको १ सय रुपैयाँ पर्छ, तेल, दाल, चामल, गेडागुडी सबै उतिकै महँगो छ। कसरी किनेर खाने ?’ फूलमायाले भनिन्, ‘चिसो छ तर चिनी महँगो भएकाले घरमा चिया पकाउन छोडिसकेकी छु। कमाइले नधानेपछि हप्ताको एक दिन छोरा छोरीलाई कुखुराको मासुसमेत खुवाउन छाडिसकेको छु।’

फूलमाया तामाङ त एउटा उदाहरण मात्र हुन् । पछिल्लो समय महँगीले आकाश छोएपछि सर्वसाधारणलाई दैनिक गुजारा गर्न कठिन भएको छ। सरकारी निकाय भने बजार महँगीलाई नियन्त्रण गर्न छोडेर मूकदर्शक बनेर बसेको छ। -राजधानी दैनिकबाट

Logo