नेपाल आयल निगमको सरकारी कोष रित्तियो, ३० करोड मात्रै बाँकी

नेपाल आयल निगमको सरकारी कोष रित्तियो, ३० करोड मात्रै बाँकी


नेपाल आयल निगमको घाटा चुलिएसँगै झण्डै १५ अर्ब रुपैयाँको सरकारी कोष रित्तिएको छ। गत असार मसान्तसम्म १४ अर्ब ८० करोड रुपैयाँ रहेको मूल्य स्थिरिकरण कोषमा अहिले ब्याजसहित करिब ३० करोड रुपैयाँ मात्रै रहेको निगमले जनाएको छ।

निगमका सहप्रवक्ता पुष्कर कार्कीले पछिल्ला दिनमा भारतीय आयल कर्पोरेसन (आईओसी)ले लगातार पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाउँदा निगमको सरकारी कोष रित्तिएको बताए।

‘निगमले पछिल्ला दिनमा घाटा बेहोर्नु परिरहेको छ, घाटा बढ्दै जाँदा आफूलाई आवश्यक पर्ने रकम निगमले यही कोषबाट खर्च गर्दै आएको थियो। अब त सो कोष पनि रित्तियो,’ सह प्रवक्ता कार्कीले भने।

उनले चालू आर्थिक वर्ष सुरु भएपछि नै निगमलाई घाटा लाग्न थालेपछि मूल्य स्थिरिकरण कोषमा रकम जम्मा हुन नसकेको र उल्टै कोषबाट रकम झिक्दै जानुपर्ने बाध्यता आइपरेको बताए। राजधानी दैनिकबाट

Logo