नेपालीको प्रतिव्यक्ति आय बढ्यो, अब कति पुग्याे ?

नेपालीको प्रतिव्यक्ति आय बढ्यो, अब कति पुग्याे ?


नेपालीको प्रतिव्यक्ति आय वार्षिक १ लाख ६५ हजार रुपैयाँ पुगेको छ। केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको नेपालमा राष्ट्रिय लेखा अनुमान तथ्यांक अनुसार चालू आर्थिक वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय १ हजार ३७२ डलर पुगेको हाे।

विभागका अनुसार पाँच वर्षअघि नै करिब १ लाख २० हजार रुपैयाँ हारहारी रहेको नेपालीको प्रतिव्यक्ति आय यो वर्ष आएर १ लाख ६७ हजार रुपैयाँ पुगेको हो ।

चालू आर्थिक वर्षमा एकैपटक १८१ डलरले बढेर १ हजार ३७२ डलर पुगेको र यसअघि २०७४/७५ मा एकैपटक १२९ डलर बढेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ।

आर्थिक वर्ष २०६९/७० मा ८१४ डलर रहेको नेपालीको प्रतिव्यक्ति आय एक दशकमा ५५८ डलर बढेको छ। आर्थिक वर्ष २०७३/७४ मा पहिलोपटक १ हजार डलर नाघेको थियो ।

२०७४/७५ मा १ हजार १३८ डलर, २०७५/७६ मा १ हजार १५९ डलर, २०७६/७७ मा १ हजार १२६ डलरमा झरेको प्रतिव्यक्ति आय २०७७/७८ मा भने १ हजार १९१ डलर पुगेको र अहिले १ हजार ३७२ डलर पुगेको हो ।राजधानीबाट

Logo