गाउँपालिकाका अध्यक्षको घरमा बम बिष्फोट

गाउँपालिकाका अध्यक्षको घरमा बम बिष्फोट


सप्तरीको बिलान–बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतको घरमा बम बिष्फोट भएको छ ।

शुक्रबार राति १ बजेतिर घरमा कोही नभएका बेला गाउँपालिकाका अध्यक्ष गोइतको घरमा बम बिष्फोट भएको हो । घरमा कोही नभएका बेला बिष्फोट भएको हो । बिष्फोटको जिम्मा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले लिएको प्रहरीले जनाएको छ  ।

भ्रष्टाचार गरेकाले बम बिष्फोट र नरोके यो भन्दा ठूलो कारबाही गर्ने चेतावनी दिइएको जनाएको छ ।

Logo