‘संसद् पुनर्स्थापना भए सांसद किनबेच हुन्छ’ : प्रधानमन्त्री ओली

‘संसद् पुनर्स्थापना भए सांसद किनबेच हुन्छ’ : प्रधानमन्त्री ओली


प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुनर्स्थापना भयो भने प्रतिनिधिसभामा सांसदहरुको किनबेच हुने बताएका छन्। सोमबार कञ्चनपुरको बेदकोट नगरपालिका वडा २ स्थित दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले संसद पुनर्स्थापना भए सरकार गठनका लागि बहुमत कसैसँग पनि नभएकाले सरकार गठन गर्न सांसद किनबेच हुने बताएका हुन्।

‘पुनर्स्थापना भए के हुन्छ ? फेरि नयाँ प्रधानमन्त्री खोज्दै हिँड्नु पर्ने हुन्छ।’ प्रधानमन्त्री ओलीले भने–‘भागबण्डा र लेनदेनको युग फेरि दोहरिन सक्छ।’ उनले सांसद किनबेच भागबण्डा र तमासाको राजनीति फेरि शुरू दाबी गरे।

त्यसैगरी ओलीले विराटनगरमा गरेको सम्बोधनलाई लिएर केहीले हौवा फिँजाएको भन्दै आफूहरुको बानी अदालतलाई धम्की दिने नभएको बताए। ‘अदालतलाई धम्की दिने बानी हाम्रो छैन।’ ओलीले भने–‘न्यायालयले सबै निर्णय ठिक नहुन पनि सक्छ त्यसैले मान्छेले पुनरावेदन गर्छ।’ ओलीले भागरथी भट्टको हत्यामा संलग्नलाई चाँडै पक्राउ गरेको बताउँदै निर्मला पन्तको हत्यारालाई पनि चाँडै कानुनी दायरामा ल्याइने दाबी गरे । अन्नपूर्णबाट

Skip This
Logo