छोरीको दरबन्दीमा बुबा जागिरे

छोरीको दरबन्दीमा बुबा जागिरे


पर्साको ठोरी गाउँपालिकामा रहेको स्वास्थ्य चौकीमा एक कार्यालय सहयोगी पदमा छोरीको दरबन्दीमा बुबाले काम गरिरहेको पाइएको छ ।

ठोरी गाउँपालिका ५ मा रहेको स्वास्थ्य चौकीमा २०७५ माघबाट कार्यालय सहगोगीका रुपमा कार्यरत शर्मिला रुम्बाको ठाउँमा उनका बुबा कृष्णबहादुर रुम्बाले कार्यालय सहयोगीका रुपमा काम गरिरहेको पाइएको हो ।

शर्मिला गाउँपालिकाका तर्फबाट करार सेवामा काम गरिरहेकी थिइन् । उनको गत महिना विवाह भएको थियो । विवाह गरेर चितवन गएपछि उनको ठाउँमा उनका बुबाले नै कार्यालय सहयोगीका रुपमा स्वास्थ्य चौकीमा काम गरिरहेको स्थानीय कृष्णमोहन साहले बताए ।

विवाह भएर गएपछि शर्मिला तलब बुझ्न र करारको म्याद थप गराई पुनः आफ्नो श्रीमानको घर चितवन नै गएको बुझिएको छ । तर, ठोरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णलाल श्रेष्ठले आफूलाई शर्मिला कार्यालयमा उपस्थित नभएको बारे कुनै जानकारी नआएको र छोरीको नाममा बुबाले काम गर्न नपाउने भन्दै यस विषयमा तत्काल छानबिन गरिने र यस्तो भेटिए कानुनअनुसार कारवाही गरिने बताए । नेपाल समाचारपत्र दैनिकमास समाचार छ । 

Logo