काेभिड १९ : सरकार एकीन तथ्यांक कुन ? २ दिनमै ७०३ जना मृतक कसरी ? 

काेभिड १९ : सरकार एकीन तथ्यांक कुन ? २ दिनमै ७०३ जना मृतक कसरी ? 


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमित भइ मृत्यु हुनेको संख्या यकिन दिन नसकेको स्वास्थ्य मन्त्रालयकै नेतृत्वमा गठीन छानविन समितिले ४ महिना अघि नै सार्वजनिक गरेपनि सरकारले भने बेवास्ता गर्दै आएको थियो । नेपाली सेना (सिसिएमसी टोली) ले कोरोना संक्रमितको शव व्यवस्थापन गर्दै आएको र सरकारको आधिकारीक स्थानिय निकायको सिफारिस, कोरोना परिक्षणको पोजेटिभ रिपोर्टका आधारमा मात्र शव व्यवस्थापन गर्दै आएको नेपाली सेनाले झण्डै ५ महिना अघि नै स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्दै आएको मृतकको संख्याको तथ्यांक ६ सयको हाराहारीमा फरक परेको औल्याएको थियो ।

यस पछि प्रदेश सरकारले पनि स्वास्थ्य मन्त्रालयको तथ्यांक सेनाको तथ्यांकको आधारमा अध्यावधिक गर्न सुझाव दिए लगतै मन्त्रालयले मन्त्रालयकै एक अधिकारीको संयोजकत्वमा नेपाली सेना र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक रहने गरि छानविन समिति गठन गरेको थियो । समितिले ४ महिना अघि नै स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरिरहेको तथ्यांकमा कोरोना संक्रमणका कारण मृत्यु भएकाहरु कम समेटिएको र सच्याई सार्वजनिक गर्न सुझाव दिएको थियो ।

यो कार्यको अध्ययन गरि रहेको मन्त्रालयले झण्डै ५ महिना लगाएर सार्वजनिक गरेको तथ्यांक दैनिक परिवर्तन हुँदैछ । बुधबार ६ सय १९ जना पहिलाको तथ्यांकमा फरक परेको भनि थपिएको थियो भने विहिवार पुनः कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या थप ८४ जना थपिएको छ । जबकि बिहिवार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको २४ घण्टाको तथ्यांकमा १ जनाको मात्र मृत्यु भएको उल्लेख गरिएको छ ।

विगतदेखि नै नेपाल सरकारलाई कोरोना संक्रमणका कारण मृत्यु हुने नेपालीको संख्या लुकाएको आरोप लाग्दै आएको थियो ।

स्वास्थ्य मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या २ हजार ६५ थियो भने बुधबार एकाएक २४ घण्टाको तथ्यांक सार्वजनिक गर्ने क्रममा १ जनाको मृत्यु भएको कुल २ हजार ६ सय ८४ प्रस्तुत गरियो । त्यसैगरि विहिवारको रिपोर्टमा २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भयो र कुल मुत्यु हुनेको संख्या २ हजार ७ सय ६७ उल्लेख गरिएको छ ।

सरकारको प्रमुख आधिकारीक निकाय स्वास्थ्य मन्त्रालयको तथ्यांकमै यति ठूलो त्रुटी भैरहनुलाई सर्वसाधारणले निकै आश्चर्य मानेका छन् । यति मात्र नभइ कतै सरकारले अहिले सार्वजनिक गरिरहेको तथ्यांकमा पनि मृतक अर्थात् संक्रमितको संख्या लुकाईएको त छैन भन्ने शंका उब्जिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सरकारकै दुईवटा भिन्नाभिन्नै निकायले अध्यावधिक गरेको तथ्यांक फरक पर्नुको मुल कारण घरमै मृत्यु भएर नेपाली सेनाले शव व्यवस्थापन गर्दा संकलन गरेको तथ्यांक स्वास्थ्य मन्त्रालयमा समयमै प्राप्त नभएको जनाएको छ ।

विगतका दिनमा नेपाली सेनाले कोरोना शव व्यवस्थापन गर्दै आएको र मन्त्रालयको मृत्यु तथ्यांकमा फरक परेको थियो । त्यसैले सो तथ्यांक एकनास बनाउनको लागि सरकारले समिति नै गठन गरी अध्ययन गरि फरक परेको तथ्यांक सच्याई स्वास्थ्य मन्त्रालयले दुईदिनदेखि सार्वजनिक गर्दै आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले बताए।नेपाल समाचारपत्रबाट

Logo