बर्दियामा गैंडा गणना सुरु

बर्दियामा गैंडा गणना सुरु


बर्दियामा गैंडा गणना सुरु गरिएको छ। राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभागको लगानीमा निकुञ्ज लगायत मध्यवर्ती क्षेत्रका सामुदायिक बनमा रहेका गैंडाहरुको गणना सुरु गरिएको हो।

'निकुञ्ज विभागको नियमित कार्यक्रम अन्तर्गतको गैंडा गणना नेपालमा पहिलो पटक नेपाल सरकारको आफ्नै लगानीमा हुँदैछ। यसपटक गैंडा गणना कार्यमा दातृ संस्थाहरुको न्युन सहयोग छ।' गैंडा गणनाका लागि करिव १ करोड १० लाख रुपैयाँ लागत अनुमान विभागको छ, बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले भने, '३० लाख मूल्यको प्राविधिक सामाग्री खरिद गरिएको छ।'

'करिव ८० लाख रुपैयाँ निकुञ्जहरुको खर्च अनुसार वितरण हुन्छ। बर्दियाको गैंडा गणनामा १० वटा हात्ती, ३० जना हात्तीसारे, गणक, सहायक गणक २० जना र अन्य १० जना गरी ६० जनाको टीम परिचालन गरिएको छ।' श्रेष्ठले भने- 'टोलीहरु करिव २ साता सम्म फिल्डमा खटिन्छन्।' 

प्रत्येक ४–५ वर्षमा गरिने गैंडा गणना गतवर्ष कोभिड महामारीका कारण रोकिएको थियो।अन्नपूर्णबाट

Logo