हात्तीले आक्रमण गर्दा पाँच गैंडा गणक घाइते, हेलिकोप्टरबाट उद्धार

हात्तीले आक्रमण गर्दा पाँच गैंडा गणक घाइते, हेलिकोप्टरबाट उद्धार


पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका २ गैंडाखालमा गैंडा गणनाको क्रममा हात्तीले आक्रमण गर्दा पाँच जना घाइते भएका छन्।

गैंडा गणनामा खटिएका कर्मचारी र माउते गरि पाँच जना घाइते भएको गणनामा संलग्न हेमराज आचार्यले जानकारी दिए। गैंडा गणना गर्ने क्रममा जंगली हात्तीले गणनामा खटिएको हात्तीलाई घेरा हाल्दा गणनामा खटिएको हात्ती डराएर भाग्ने क्रममा राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी, ३५ वर्षका विनोद श्रेष्ठ र दुई जना माहुते सर्लाही जिल्लाको हरिपुर नगरपालिका ७ का ४२ वर्षका दीपेन्द्र चौधरी र रौटहट चन्दनपुर नगरपालिका ७ निवासी ५१ वर्षका देवलाल चौधरी घाईते भएको उनले बताए।

घटना बारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ। घाइते मध्ये श्रेष्ठको अवस्था गम्भीर छ। उनको जिल्ला अस्पताल मध्यबिन्दुमा सामान्य उपचारपछि हेलिकोप्टरमा उद्धार गरेर काठमाडौं लगिएको छ।गोरखापत्रबाट

Logo