सरकारी निकायबाटै निषेधाज्ञाको अवज्ञा, १५६ जनालाई एकै ठाँउमा राखेर तालिम

सरकारी निकायबाटै निषेधाज्ञाको अवज्ञा, १५६ जनालाई एकै ठाँउमा राखेर तालिम


कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले पर्सा जिल्लामा वैशाख १६ देखि वैशाख २२ गतेसम्म निषेधाज्ञा लगाएको छ। 

निषेधाज्ञाकै अवज्ञा गरेर वीरगन्जस्थित जिल्ला जनगणना कार्यालय पर्साले १ सय ५६ गणक सहभागी गराएर तालिम सन्चालन गरेको घटना बाहिर आएको छ। 

निषेधाज्ञा लागेकै बेला १ सय ५६ जनालाई सहभागी गराएर तालिम सन्चालन गरेको खबर प्रमुख जिल्ला अधिकारी समक्ष पुगेपछि शुक्रबार उक्त तालिम स्थगन गरिएको छ। 

वीरगन्जको श्रीपुरस्थित सिद्धार्थ इनटरनेशनल कलेजमा जिल्ला जनगणना कार्यालयले बिहीबार निषेधाज्ञा लगाइएको दिनदेखि वैशाख २२ गतेसम्मका लागि १ सय ५६ जना गणक सहभागी गराएर तालिम सन्चालन गरेको थियो।

स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाकै बेलामा सरकारकै निकाय जनगणना कार्यालय पर्साले त्यसको अवज्ञा गरेर  १५६ जनालाई एकै ठाउँमा भेला गराएर तालिम सन्चालन गरेको हो।

यो थाहा पाएपछि शुक्रबार तालिम स्थलमा पुगेका सन्चारकर्मीको टोलीले प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेलाई खबर गरेपछि प्रमुख जिल्ला अधिकारी घिमिरेको निर्देशनमा प्रहरीले हस्तक्षेप गरेर उक्त तालिम स्थगित गराएको हो।

तालिममा सहभागी हुन पर्साको ठोरी देखि १४ वटै पालिकाका महिला र पुरुष, निषेधाज्ञाका बेला पनि जोखिम मोलेर आएका थिए।

गणकमा छनोट भएकालाई तालिममा सहभागी हुन नआएमा करार नियुक्ति नै बदर गरी दिने लिखित चेतावनी जिल्ला जनगणना कार्यालय पर्साका सहायक  जिल्ला जनगणना अधिकारी बलराम खड्काले दिएका थिए। त्यही  चेतावनीका कारण आफूहरु बाध्य भएर तालिममा सहभागी हुन आएको सहभागिको भनाइ छ।

जिल्ला जनगणना कार्यालय पर्साका प्रमुख केशव ज्ञवालीले भने गृह मन्त्रालयको आदेशमा आफूले तालिम संचालन गरेको जिकिर गर्दै आफूले तालिम नरोक्ने अडान लिएका थिए। 

त्यसपछि संचारकर्मीले प्रमुख जिल्ला अधिकारीलाई फोन गरेपछि प्रजिअको निर्देशनमा आएको प्रहरीले तालिम स्थगित गराएको सन्चारकर्मी ध्रुब साहले जानकारी दिए।अन्नपूर्णबाट

Logo