मुस्ताङमा फैलिँदै कोरोना, समुदायमै पुगेको आशंका

मुस्ताङमा फैलिँदै कोरोना, समुदायमै पुगेको आशंका


मुस्ताङमा शनिबारसम्म कोरोना संक्रमितको संख्या १२ पुगेको छ। जिल्ला अस्पताल जोमसोमका अनुसार पोजेटिभ रिपोर्ट आएका १३ जनामध्ये बिहीबार राति एक महिलाको मृत्यु भएको हो। एक जनालाई पोखरा रेफर गरिएको छ। दुई जनाको अस्पतालकै आइसोलेसन कक्षमा उपचार भइरहेको मेडिकल सुपरिटेन्डेन्ट मनोज घिमिरेले बताए। 

मुस्ताङमा समुदायमै कोरोना फैलिन थालेको आशंका गरिएको छ। तर, कोरोना परीक्षण गर्ने एन्टिजेन किट अभाव हुन थालेको जिल्ला अस्पताल जोमसोमले जनाएको छ।

गण्डकी प्रदेशको प्रादेशिक जनस्वास्थ्य निर्देशनालय पोखराले मुस्ताङलाई १ सय थान एन्टिजेन किट उपलब्ध गराए पनि जिल्ला अस्पतालमा ७०–८० थान मात्र मौज्दात रहेको घिमिरेले बताए। उनले मुस्ताङमा कोरोना संक्रमणको लक्षण देखिएका सबै बिरामी अस्पताल आउने अवस्था रहे किटको अभाव हुने बताए। 

‘मुस्ताङमा समुदाय स्तरमा कोरोना फैलिँदै गएको हामीले अनुमान गरेका छौं। कोरोना लक्षण देखिएका बिरामी खुल्न चाहेका छैनन्’, उनले भने, ‘दबिएर रहेका बिरामी अस्पताल आउन नसकेकाले परीक्षणको दायरा न्यून भएको हो।’अन्नपूर्णबाट

Logo