प्रदेश २: मुख्यमन्त्री राउतद्वारा महन्थ ठाकुर निकट चार मन्त्री बर्खास्त

प्रदेश २: मुख्यमन्त्री राउतद्वारा महन्थ ठाकुर निकट चार मन्त्री बर्खास्त


प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर समूह निकट चारजना मन्त्रीलाई मन्त्रीमण्डलबाट हटाएका छन्। 

ठाकुर निकट भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डललाई बर्खास्त गरिएको हो। 

उपेन्द्र यादव निकट मुख्यमन्त्री राउतको सिफारिसमा प्रदेश प्रमुख डा. राजेश झाले आइतबार राति नै मन्त्रिमण्डलमा हेरफेर गरिएको प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गरी जानकारी गराएको छ। 

विज्ञप्तिमा मुख्यमन्त्री राउतलाई नै भौतिक पूर्वाधार विकास मन्त्रालय सम्हाल्ने गरी जिम्मेवारी तोकिएको छ। अन्य मन्त्रीहरुको मन्त्रालय भने यथावत छ। 

प्रदेश २ मा जसपाका उपेन्द्र यादवपक्षले कांग्रेसको समर्थनमा सरकार बनाउने प्रयास थालेको छ। केन्द्र सरकारमा जसपाका ठाकुर पक्ष सहभागी भएपछि प्रदेशमा त्यसको असर परेको हो।अन्नपूर्णबाट

Logo