पक्राउ पुर्जीपछि टोपबहादुर रायमाझी भन्छन्- छक्क परेँ, फसाउन खोजिएको हो कि ?

पक्राउ पुर्जीपछि टोपबहादुर रायमाझी भन्छन्- छक्क परेँ, फसाउन खोजिएको हो कि ?


नेकपा एमालेका सचिवसमेत रहेका पूर्वमन्त्री टोपबहादुर रायमाझीले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् । 

प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि अर्घाखाँचीको सन्धीखर्कमा रहेका नेता रायमाझीले  पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका हुन् । ‘नक्कली शरणार्थी प्रकरणबारेमा मलाई त्यति थाहा छैन। यो कुरा सुनेर मलाई पनि आश्चर्य लागेको छ । फसाउन खोजिएको हो कि के हो ? हामीले जान्ने कुरा भएन ।’ उनले भने, ‘नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर लैजाने विषयमा मेरो कुनै किसिमको संलग्नता छैन।’ 

साथै उनले आफू भुटानी शरणार्थीहरूको दिर्घकालीन समस्या समाधानका लागि पहल गरेकोसमेत बताएका छन् ।

बुधबार काठमाडौं प्रहरीले रायमाझीसँगै उनका छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । प्रहरीका अनुसार जिल्ला अदालत काठमाडौंबाट सो पक्राउ पुर्जी जारी गर्ने अनुमति पाएको हो ।

Logo