१० लाख मास्कसहित युवराज पक्राउ

१० लाख मास्कसहित युवराज पक्राउ


काठमाडौं ।

निर्धारित मूल्य भन्दा अधिक मूल्यमा बिक्री गर्ने प्रयोजनले लुकाइराखेको १० लाख थान मास्कसहित गोर्खाका युवराज न्यौपाने पक्राउ परेका छन् । बुधबार महानगरीय अपराध महाशाखाबाट परिचालन भएको टोलीले राजधानीको सानोभ¥याङबाट उनलाई पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सकुलबहादुर थापाले कृत्रिम अभाव सिर्जना गर्ने तथा अत्यावश्यक वस्तु लुकाउने विरुद्ध प्रहरी टोली सक्रियताका साथ लागेको बताए ।

मंगलबार राति प्रहरी टोलीले सुरज आर्केडबाट एक हजार ६ सय थान स्यानिटाइजर तथा काठमाडौँ उपत्यकाका विभिन्न भागबाट १४ हजार थान मास्क बरामद गरेको थियो ।–रासस

Logo