हुनेवाला श्रीमानलाई के भनेर बोलाउछिन् प्रियंका ?

हुनेवाला श्रीमानलाई के भनेर बोलाउछिन् प्रियंका ?


बलिउडको देशी गर्ल प्रियंका चोपडा छिट्टै अमेरिकन गायक तथा नायक निक जोनससँग बिवाह गर्दै छिन् । प्रियंका आफ्नो हुनेवाला श्रीमानलाई ‘ओल्ड मेन जोनस’ भनेर बोलाउछिन् । भोग म्याग्जिनलाई दिएको इन्टरभ्युमा उनले यो खुलासा गरेकी हुन् । यस नामले बोलाउनुको पछाडि  कारण पनि खुलाएकी छिन् ।

लस एन्जल्समा पहिलो पटक निकसँग ‘डेट’मा गएकी थिइन् । निकले प्रियंकालाई भनेका थिए, ‘मलाई तिमी एकदमै मनपर्छ, जुन तरिकाले तिमी दुनिँयालाई हेर्छौ । मलाई तिम्रो दुनिँयालाई हेर्ने नजरिया मनपर्छ ।’

‘म एउटा केटी भएकोले भन्न चाहन्छु कि मैले कहिल्यै पनि यस्तो केटा भेटेकी थिइन जसले मलाई तिम्रो महत्वाकांक्षी हुने कुरा मन पर्छ ।’ प्रियंकाले भनेकी छिन्, ‘मलाई यस्तो भन्ने मान्छे पहिलो पटक भेटेकी थिए । मलाई उनको स्वभाव एकदमै मन परेको थियो ।’

प्रियंकालाई उनीहरुको उमेरको अन्तरबारे सोधेको प्रश्नमा उनी भन्छिन्, ‘निक उमेरमा निकै कम भए पनि, म भन्दा धेरै परिपक्क छन् । उनी मेरो स्वाभावको धेरै इज्जत गर्छन् । मलाई यो कुरा सबैभन्दा मनपर्छ । ’

प्रियंका चोपडा र निक जोनसको बिहेको कार्यक्रम जोधपुरको उम्मेद प्यालेसमा सुरु भैसकेको छ । उनीहरुको क्रिश्चियन र हिन्दु दुवै रितीरिवाजबाट बिवाह हुनेछ । रिपोर्टको अनुसार प्रियंका र निकको बिहेमा मोवाइल फोन ब्यान्ड गरिने छ ।

Logo