काठमाडौँ

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च भएको छ । यसले नेपाली रुपैयाँ अझ सस्तो बनेको छ । "/>

अमेरिकी डलरको मूल्य हाल सम्मकै उच्च : आज ११७ रुपैयाँ ६५ पैसा कायम

अमेरिकी डलरको मूल्य हाल सम्मकै उच्च : आज ११७ रुपैयाँ ६५ पैसा कायम


काठमाडौँ

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च भएको छ । यसले नेपाली रुपैयाँ अझ सस्तो बनेको छ । अमेरिकाको आर्थिक वृद्धि उच्च हुँदा डलरको भाउ निरन्तर बढिरहेको छ । ६ महिनामा डलरको भाउ १५ रुपैयाँ बढेको हो ।

नेपाली रुपैयाँ कमजोर बन्दा नेपालमा त्यसको मिश्रित प्रभाव पर्ने गर्दछ । जसका कारण रेमिट्यान्स प्राप्त गर्ने परिवार र निर्यात गर्नेहरुका लागि उल्लेख्य फाइदा हुने भए पनि आयात व्यापारमा संलग्न निकाय र डलरका पीपीए भएका जलविद्युत आयोजनामा असर पर्छ । नेपालको व्यापार असन्तुलन उच्च रहेका कारण निकासीको तुलनामा पैठारी व्यापार अत्यधिक भएकाले डलरको मूल्य बढ्दा नेपाललाई घाटा हुने अर्थशास्त्रीहरू बताउँछन् ।

अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा कमजोर भएपछि यसको सिधा असर नेपाली मुद्रामा पर्छ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विनिमय दर प्रतिडलर ११७ रुपैयाँ ६५ पैसा तोकेको छ । बुधबार यो मूल्य ११६ रुपैयाँ ९६ पैसा थियो ।

राष्ट्र बैंकका सहायक प्रवक्ता गोविन्द नागिलाले नेपाली रुपैयाँको भारुसँग स्थिर विनिमय दर रहेकोले भारतको मुद्रा कमजोर बन्दा त्यसको असर स्वतः नेपाली बजारमा पर्ने बताए । उनका अनुसार पछिल्लो समय अमेरिकी अर्थतन्त्र मजबुत बन्दै गएकाले त्यसको सकारात्मक प्रभावले अमेरिकी डलर बलियो बनेको हो ।
राजधानीबाट

Logo