काठमाडौं,६,माघ
केन्द्रविन्दु समाचारदाता
करिव २ दशक अघि माकुरी जालैमा गीतबाट गीत संगीतको यात्रा सुरु गरेकी सुमधुर स्वरकी धनी लोक गायिका सीता थापा जसलाई नेपाली लोक संगीतको क्षेत्रमा काँठे भाकाकी रानी समेत भन्ने गरिन्छ । "/>

दुई रुपियाँको बिंडी लिएर आइन् सीता थापा (भिडियो सहित)

दुई रुपियाँको बिंडी लिएर आइन् सीता थापा (भिडियो सहित)


काठमाडौं,६,माघ
केन्द्रविन्दु समाचारदाता
करिव २ दशक अघि माकुरी जालैमा गीतबाट गीत संगीतको यात्रा सुरु गरेकी सुमधुर स्वरकी धनी लोक गायिका सीता थापा जसलाई नेपाली लोक संगीतको क्षेत्रमा काँठे भाकाकी रानी समेत भन्ने गरिन्छ । लामो समयको ग्यापमा भर्खरै १४ बर्ष पछि उनले एकल गीतको एल्वम लिएर आएकी छिन् ।

हालसालै उनले अहिलेको चल्तीका गीत भन्दा भिन्न मौलिक पाराको गीत लिएर आएकी छिन् । उनको ‘दुई रुपियाँको बिंडी एक मोहरको सलाई’ भन्ने भाकाको मौलिक गीतलाई युट्युवबाट थुप्रै मानिसहरुले हेरेर तारिफ गरिरहेका छन् । किन यति लामो समय ग्यापमा एल्वम ल्याउनु भयो भन्ने जिज्ञासामा उनले यसमा आफ्नो व्यक्तिगत र पारिवारिक कारण नै प्रमुख रहेको बताइन् ।

उनले पुराना कलाकार पाण्डव सुनुवार, राम थापा हुँदै कलाकार नवराज घोरासैनी, रेशम थापा, शम्भुजीत बाँस्कोटा, भोजराज काफ्लेसंग चर्चित गीतहरु गाइसकेकी छिन् । उनलाई शुरुको एल्वम ‘नयाँ बानेश्वर’ बाटै दर्शक, स्रोताले मन पराएका थिए । उनका चर्चित गीतहरुमा काठमाडौ सिंहदरबार, खानीखोला, घर हाम्रो रामेछाप, मोरालाई पड्काई दिन्छु सौताको छोरालाई, सिन्धुली वर्देवास, घुम्तीमा पहिरो छ लगायतका छन् ।

 

Logo