क्याप्टेन सन्दिप लामिछानेले खरिद गरे, डेढ करोडको निशान एक्स ट्रायल

क्याप्टेन सन्दिप लामिछानेले खरिद गरे, डेढ करोडको निशान एक्स ट्रायल


नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दिप लामिछानेले निशान व्रान्डको महंगो एसयुभी खरिद गरेका छन् । उनले १ करोड ४५ लाख मूल्य पर्ने ७ सिटर एक्स–ट्रायल एसयुभी खरिद गरेका हुन्। चैत २७ गते निशान गाडीको शोरुममा उनलाई गाडी हस्तान्तरण गरिएको थियो ।

निशानको यो प्रिमियम एसयुभीमा २ हजार सिसी क्षमताको पेट्रोल इन्जिन जडान गरिएको छ। जसको अधिकतम पावर १४४ पिएस र टर्क २०० एनएम रहेको छ। २१० एमएम ग्राउन्ड क्लिरियन्स दिइएको यो एसयुभी नेपाली सडक सुहाउँदो रहेको छ।

एक्स–ट्रायलमा चालकसहित ७ जना यात्रुले आरामदायी यात्र गर्न सकिन्छ। यो एसयुभीको क्याविन निकै फराकिलो र आरामदायी रहेका कारण यसलाई प्रिमियम फेमिली एसयुभी समेत भन्ने गरिएको छ। यो एसयुभीलाई टु ह्विल र फोर ह्विल दुबै ड्राइभ मोडलमा चलाउन सकिन्छ।

यो एसयुभीको अन्य विशेषताहरुमा अत्याधुनिक ककपिट स्टाइलको फ्रन्ट क्याविन, फराकिलो स्टोरेज, चालक र यात्रुले आफ्नो आवश्यकता अनुसार तलमाथि र दायाँवायाँ गर्न मिल्ने लचकदार सिट र स्याटेलाईट नेभिगेसन सामेल गरिएको छ।

सुरक्षाका लागि यसमा ६ वटा एयरव्याग, एबिएस, इविडी, ट्रयाक्सन कन्ट्रोल, इन्टेलिजेन्ज व्याक–अप इन्टरभेन्सन, ट्राफिक साइन रिकग्निसन, इन्टेलिजेन्ट व्लाइन्ड स्पट इन्टरभेन्सन सहित अन्य थुप्रै एक्टिभ र प्यासिभ फिचर्स दिइएको छ।

Logo