डोनाल्ड ट्रम्पको ट्वीटर ह्यान्डल स्थायीरूपमा निलम्बन

डोनाल्ड ट्रम्पको ट्वीटर ह्यान्डल स्थायीरूपमा निलम्बन


काठमाडौं ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर ह्यान्डल स्थायीरूपमा निलम्बन भएको छ । ट्वीटरले उनको ट्वीटर ह्यान्डल बन्द गरेको हो ।

निरन्तर हिंसामा उत्रिएका ट्रम्पले हिंसालाई उकास्ने खतरा अझै कायम रहेकाले उनको ट्वीटर ह्यान्डल स्थायीरूपमा निलम्बन गरिएको ट्वीटरले जनाएको छ ।

ट्रम्पका समर्थकहरूले चुनावी परिणाम अस्वीकार गर्ने क्रममा गत बुधबार अमेरिकी संसदमै हमला गरेका थिए । सो हमलामा एक प्रहरीसहित पाँच जनाको मृत्यु भएको थियो । त्यस लगत्तै ट्रम्पको ट्वीटर १२ घण्टाका लागि बन्द गरिएको थियो । तर अब स्थायीरुपमै बन्द भएको हो ।

Logo