बनेपा
काभ्रेको पनौती नगरपालिका–७ स्थित एक घरमा तास खेलिरहेका सात जुवाडेलाई ६८ हजार ३४० नगद सहित प्रहरीले पक्राउ गरेको छ । "/>

पनौतीमा सात जुवाडे नगद सहित पक्राउ

पनौतीमा सात जुवाडे नगद सहित पक्राउ


बनेपा
काभ्रेको पनौती नगरपालिका–७ स्थित एक घरमा तास खेलिरहेका सात जुवाडेलाई ६८ हजार ३४० नगद सहित प्रहरीले पक्राउ गरेको छ । स्थानिय दुर्गा तामाङका घरमा जुवा तथा तास खेल्ने तथा खेलाउने गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।
पक्राउ पर्नेमा पनौती–१ का छिरिङ तामाङ र रमेश तामाङ, पनौती–४ का शेरमान तामाङ, बुद्ध लामा र श्याम तामाङ तथा पनौती–७ बस्ने राज केसी र घरधनी दुर्गा रहेको इप्रका बनेपाका प्रहरी निरीक्षक सुनिल जङ्ग शाहले जानकारी दिए । उनीहरुलाई जुवा ऐन अन्तर्गत मुद्दा चलाइने बताइएको छ ।
रासस

Logo