एमाले सुन तौलेजसरी बोल्छ फलाम जस्तो होइन – ओली

एमाले सुन तौलेजसरी बोल्छ फलाम जस्तो होइन – ओली


काठमाडौँ, १७ भदौ ।  पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव जित्न एमालेलाई अरुको सहयोग नचाहिने बताएका छन् । 

प्रदेश नम्बर दुईका अगुवा कार्यकर्ता भेलालाई पार्टी कार्यालय धुम्बराहीमा सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले एमाले कमजोर नभएको भन्दै चुनाव जित्नका लागि कसैको वैशाखी आवश्यक नभएको टिप्पणी गरे । उनले एमाले कुनै पनि हालतमा सानो पार्टी बन्न नसक्ने दाबी गे । ‘हात्ती दुव्लाएर कहिल्यै बाख्रा बन्दैन,’ ओलीले भने,‘एमाले कुनै पनि हालतमा सानो पार्टी बन्दैन ।’

चितवनको प्रसंग कोट्याउँदै ओलीले हार्नेले कराएर बाआमालाई बोलाउने तर जित्नेले आमाबुबा नगुहार्ने कटाक्ष गरे । ‘एमाले जथाभावी बोल्दै हिड्दैन’ ओलीले भने एमाले सुन तौलेजसरी बोल्छ फलाम जस्तो होइन ।’ उनले विगतमा आफूले मधेसीदाई माखेसांलो र बिहार जाउ पनि नभनेको स्पष्ट पारे ।

उनले कार्यकर्तामाझ दुई नम्बर प्रदेशको हिसाव समेत सुनाए । ओलीले एमालेले लाल–लाल हिसाव गर्ने भन्दै २० प्रतिशत भन्दा कसैको पनि बहुमत नभएको बताए ।

Logo