परिवर्तनलाई उल्ट्याउने षडयन्त्र सुरू भएको प्रचण्डको आरोप

परिवर्तनलाई उल्ट्याउने षडयन्त्र सुरू भएको प्रचण्डको आरोप


नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा भएको परिवर्तनलाई उल्ट्याउने षडयन्त्र सुरू भएको आरोप लगाएका छन्।

उनले गणतन्त्र उल्टाउने र दलितहरूले प्राप्त गरेका अधिकार उल्ट्याउने षडयन्त्र सुरू भएकाले सर्तक हुनु पर्ने बताएका हुन् । 

राष्ट्रिय दलित पत्रकार संघको प्रथम सम्मेलन उद्घाटन गर्न रुपन्देहीको बुटवल पुगेका दाहालले यस्तो बताएका हुन् । 

देशमा संविधानको रक्षा गर्ने कि हत्या गर्ने बहस सुरु भएको भन्दै उनले संविधानमा व्यवस्था भएको दलित र मधेसीका अधिकार हत्या गर्न खोजिएको जिकिर गरे ।

सम्मेलनका लागि देशभरबाट ३ सय भन्दा बढी दलित पत्रकारहरु बुटवल पुगेका छन् । तीन दिनसम्म चल्ने सम्मेलनलाई प्रचण्डसहित एमालेका नेता घनश्याम भुसाल, छविलाल विश्वकर्मा र कांग्रेस नेता मिन विश्वकर्मा लगायतले सम्वोधन गर्ने बताइएको छ ।

Logo