‘सरकारका कामलाई सर्वोच्चले असंवैधानिक भनिसकेपछि प्रधानमन्त्रीले नैतिक जिम्मेवारी लिनु पर्दैन?’: बालकृष्ण खाँण

‘सरकारका कामलाई सर्वोच्चले असंवैधानिक भनिसकेपछि प्रधानमन्त्रीले नैतिक जिम्मेवारी लिनु पर्दैन?’: बालकृष्ण खाँण


नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकारले गरेका कामलाई सर्वोच्चले असंवैधानिक भनेर फैसला गरिसकेपछि यसको नैतिक जिम्मेवारी प्रधानमन्त्रीले लिनु पर्छ कि पर्दैन भन्दै प्रश्न गरेका छन् । 

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै खाँणले हामी न्यायपालिका मान्छौं भन्ने प्रधानमन्त्रीले सर्वोच्चको फैसलाप्रति बेवास्ता गरेको आरोप लगाए । उनले अहिलेसम्म सरकारले गरेका काम संविधानविपरित र लोकहित विपरित रहेको पनि आरोप लगाएका छन् । 

विगतमा सरकारले सार्वजनिक ठाउँमा जान र बस्न पनि रोक लगाएपछि नागरिक अदालत जानु परेको सम्झाउँदै उनले सरकारले नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रताबाट बञ्चित गराएको बताए । 

यहि सरकारका पालामा हत्या, हिंसा र बलात्कार बढ्दै गएको आरोप लगाउँदै उनले सरकार यस्ता सामाजिक अपराध नियन्त्रणमा असफल भएको दाबी गरे । 

मेलम्चीको सपना देख्ने स्व. कृष्णप्रसाद भट्टराईको नाम लिन पनि सरकारले अहिले मेलम्चीको पानी आफैंले मात्र ल्याएको जस्तो गरि जस लिएको बताए । अहिलेको सरकारले कागजमै मात्र विकासका काम देखाएको भन्दै उनले नागरिकका थाप्लोमा ऋणको भारी बोकाउने काम सरकारले गरिरहेको पनि आरोप लगाएका छन् ।

Logo