पूर्वप्रधानन्यायाधीश श्रेष्ठको निधन

पूर्वप्रधानन्यायाधीश श्रेष्ठको निधन


काठमाडौं ।

पूर्वप्रधानन्यायाधीश ओमभक्त श्रेष्ठको आज निधन भएको छ। उनको आज बिहान हिमाल अस्पताल, नक्सालमा निधन भएको हो ।

सुगर र प्रेसरले च्यापेपछि उनी अस्पताल भर्ना भएका थिए । उनको आजै दिउसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ।

वि.सं. १९८९ जन्मिएका ओमभक्त श्रेष्ठ ०५४ असोज १ देखि ०५४ चैत २९ गतेसम्म प्रधानन्यायाधीश भएका थिए।

Logo