खराब मौसमका कारण आन्तरिक उडानहरू प्रभावित

खराब मौसमका कारण आन्तरिक उडानहरू प्रभावित


बुधबारदेखि निरन्तर परेको वर्षाका कारण आन्तरिक उडानहरू प्रभावित भएका छन्।

वायुसेवा कम्पनीहरूले बुधबार र बिहीबारका उडानहरू रद्द गरेका छन्। खासगरी काठमाडौं-पोखराका उडान रद्द भएका छन्। बुद्ध एयरले काठमाडौं-पोखरा उडान दुवै दिन रद्द गरेको छ। बुद्धले यो गन्तव्यमा दैनिक १० उडान गर्थ्यो। 

काठमाडौं-पोखराबाहेक अन्तको उडान भने रद्द नभएको कम्पनीका प्रवक्ता दिपेन्द्र कुमार कर्णले जानकारी दिए। यद्यपि पोखराबाट नेपालगञ्ज, भैरहवा, चितवन लगायतका गन्तव्यका उडान प्रभावित बनेका छन्। उनका अनुसार बुद्ध एयरले आफ्नो एपमार्फत यात्रुहरूलाई उडान सम्बन्धी जानकारी दिइरहेको छ। अर्को वायुसेवा कम्पनी यती एयरलाइन्सको पनि काठमाडौं-पोखरा उडान प्रभावित बनेको छ। मौसमका कारण सबै उडान रद्द भएको एयरलाइन्सले जनाएको छ। यो गन्तव्यमा यतीको दैनिक ७ उडान हुँदै आएको छ।

अन्तर्राष्ट्रियतर्फका जहाज पनि आकाशमै घुम्नुपरेको छ । कतार एअरवेजका दुई जटा जहाज, ड्रुकक एअर, एअर अरेबिया, फ्लाई दुबईलगायतका जहाज आकाशमा धेरैबेर फन्को लगाएपछि मात्रै अवतरण भएका छन् ।  

Logo