नेपाली पात्रोमा अब रेडियो पनि, अनलाइन समाचार पनि

नेपाली पात्रोमा अब रेडियो पनि, अनलाइन समाचार पनि


दुई महिना अघि सार्वजनिक गरेको अपडेट ‘यो गज्जब छ’ पछि “नेपाली पात्रो” ले ‘अद्भूत रेडियो–रेडियो पनि अनलाइन समाचार पनि’ भन्ने थिममा आइएसओ तथा एन्ड्रोइड दुवै माध्ययमहरुमा नयाँ अपडेट सार्वजनिक गरेको छ ।

यो अपडेटले देशभर र देश बाहिरबाट संचालन हुने नेपाली रेडियोहरुलाई समेट्ने काम त गरेको छ जनाएको छ । साथै यसले रेडियोमा केही अद्भूत र अहिलेसम्म रेडियो एप्लिकेशनमा प्रयोग नभएका केही नविन र स्मार्ट सुविधा समेटेको छ ।

नेपाली पात्रो प्रयोगकर्ता र नेपाली पात्रोमा रहेको रेडियोलाई ग्रकहकहरुका लागि अझै स्मार्ट, अझै अद्भूत र विविध उपयोगी सुविधा समेटेर‘अद्भूत रेडियो–रेडियो पनि अनलाइन समाचार पनि’ सार्वजनिक गरेको जनाएको छ । जसमा रेडियोका स्रोताहरुले नेपाली पात्रोमा रहेको आफूलाई मनपर्ने रेडियोलाई सुन्दा त्यही त्यस रेडियोको आधिकारीक अनलाइन समाचारका हेडलाइनहरु पनि देख्न सक्नेछन् ।

ती समाचारहरुलाई विभिन्न सामाजिक सञ्जालहरुमा शयर गर्न पनि मिल्ने जनाएको छ । सातवटै प्रदेशका लोकप्रिय स्थानीय एफएमररेडियोहरुले अनलाइन भर्जनमा समेट्ने पलपलको खबर, अपडेटेड र ब्रेकिङ समाचारहरु सोही रेडियोको पेजमा पढ्न सकिनेछ ।

यसले प्रयोगकर्तालाई स्थानीय रेडियोले प्रशारण गरेको रेडियो सामाग्रीहरु मध्ये ताजा सूचना तथा समाचारहरु अनलाइन माध्ययमबाट पढ्न पनि सक्नेछन् । प्रयोगकर्ताले नेपाली पात्रो लगइन गरी आफूलाई मनपरेको रेडियोलाई फेब गर्ने, विभिन्न सामाजिक सञ्जालमा सेयर गर्ने, उक्त रेडियो कतिजनाले सुने र कति वटा लाइक भयो भन्ने कुराहरु देख्न सक्नेछन् ।

साथै रेडियो सुन्ने प्रयोगकर्ताहरुले नेपाली पात्रो लगइन गरी आफूले सुन्ने रेडियोमा आफ्नो विचार सम्प्रेशन समेत गर्न सक्नुक्नेछन् । त्यसरी सम्प्रेशन गरिएका विचारहरुमा अन्य प्रयोगकर्ताले प्रतिक्रिया समेत दिन सक्नेछन् ।

नयाँ अपडेटमा रेडियो खोज्नका लागि सजिलो सर्च माथिल्लो भागमै सहज हुनेगरी राखिएको छ भने नेपाली पात्रोमा धेरै सुनिने ट्रेण्डिङमा रहेका रेडियोहरु, प्रदेश अनुसारका रेडियोहरु, फ्रिक्वेन्सी सहितका रेडियोहरु र प्रिक्वेन्सी नभएका तर अनलाइन माध्ययममा रहेका लोकप्रिय अनलाइन रेडियोहरु पनि एप्लिकेशनको माथिल्लो ट्याबहरुमा समेटिएका छन् ।

यस सुविधाले प्रयोगकर्तालाई फ्रिक्वेन्सी रेडियो र अनलाइन रेडियो मध्ये जुन माध्ययमको रेडियो सुन्न मन लाग्छ सोहि अनुसारको ट्याबलाई सेलेक्ट गरी आफूलाई मनपर्ने रेडियो सुन्न र खोज्न सजिलो बनाएको छ ।

दुई अर्को अद्भूत सुविधा विश्वकप फुटबल सक्किए लगत्तै हामीले सार्वजनिक गर्ने तयारी गरेका छौं र ती दुवै सुविधा रेडियो स्रोता, रेडियोकर्मी तथा प्रविधिका हिसाबले अझै नविन हुने नेपाली पात्रोका प्रमुख कार्यकारी निर्देशक सन्तोष कुमार देवकोटाले बताए ।

यस रेडियो अपडेट बाहेक अहिले नेपाली पात्रोमा विश्वकप फुटबलको स्कोर अपडेट, सहभागी टोली, अंक तालिका, लाइनअप, हरेक खेलको स्ट्याट र लाइभ टेक्स्ट कमेन्ट्रि सहितको सुविधा ‘आइएमई फुटबल २०२२ पनि समावेश रेको छ भने ‘आम निर्वाचन २०७९’ मतगणनाको लाइभ अपडेट पनि हेर्न सकिन्छ ।

Logo