आजको मौसम पूर्वानुमान यस्तो छ

आजको मौसम पूर्वानुमान यस्तो छ


हाल नेपालको पुर्वी भू-भागमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  हाल प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली  रही तराईका थोरै भू-भागमा हुस्सु लागेको छ।

आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक  बदली रहनेछ। राती प्रदेश १ को पहाडी भू-भागमा आंशिक  बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहनेछ। 

तराईका केही  भू-भागमा बिहानीपख हुस्सु लाग्ने  र देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Logo