सडक वरपरका रुखमा सेतो रङ किन लगाइन्छ ? जानौँ तीन कारण

सडक वरपरका रुखमा सेतो रङ किन लगाइन्छ ? जानौँ तीन कारण


सडक वा राजमार्गमा यात्रा गर्दा सडक वरपरका रूखहरूमा सेतो रंग दलेको प्रायः देख्नुभएको होला । तर के तपाईंलाई यसको पछाडिको कारण थाहा छ ? जानौं रुखलाई सेतो रङले रंगाउनुका तीन कारण-

१. यातायातको लागी 
वास्तवमा रुखमा सेतो रङ लगाउनुको मुख्य कारण ट्राफिकलाई सचेत गराउनु हो । रातमा सेतो रंग स्पष्ट देखिने हुँदा बाटो देख्न सजिलो हुने भएकाले रुखमा सेतो रंग दलिने गरिन्छ ।

२. रूखहरूलाई कीराहरूबाट जोगाउन
रुखमा चुना लगाउनाले रुखमा किरा र धमीरा लाग्ने जोखिम कम हुन्छ । चुनाले रुखको जरासम्म पुगेर रुखका किराहरूलाई नष्ट गर्छ, जसले गर्दा रुखको जरा कमजोर हुँदैन ।

३. घामबाट जोगाउन
प्रायः रुखहरू फुट्न थालेको हामीले देख्ने गरेका छौँ । जसकारण रुखहरूको बोक्रा डाँठबाट अलग हुन थाल्छ। रुखमा सेतो रङ्ग दल्दा सूर्यको किरणले धेरै असर गर्दैन, जसले गर्दा रुख स्वस्थ रहन्छ । 

Logo